डोनाल्ड ट्रम्पले भने - इलन मस्क रिपब्लिकनका ‘नयाँ स्टार’

दर्पण दैनिक २१ कार्तिक २०८१,१५:१२
post

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरेका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी जनताको शानदार जित भएको बताएका छन् । 

सम्बोधनका क्रममा ट्रम्पलाई समर्थकहरूले अर्बपति इलन मस्कबारे बोल्न आग्रह गरेका थिए । त्यसपछि उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ को रूपमा वर्णन गरेका छन् । समर्थकहरू माझ बोल्दै ट्रम्पले मस्कलाई ‘अद्भुत व्यक्ति’ को रूपमा वर्णन गरेका छन् ।

मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिसहरू बचाउन मद्दत गरेको ट्रम्पले बताए । ‘मस्क एक विशेष मानिस हुन, उनी निकै प्रतिभाशाली छन् । हामीले हाम्रा प्रतिभाहरूलाई जोगाउनु पर्छ, हामीसँग यस्ता प्रतिभाशाली व्यक्ति धेरै छैनन्।’
 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: