नोबेल घोषणा आजदेखि

दर्पण दैनिक २० आश्विन २०८२,१५:२०
post

स्टकहोम । नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ । सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान गरिएको छ, जसअन्तर्गत २२९ जना विज्ञहरू पुरस्कृत भइसकेका छन् ।

गत वर्ष अमेरिकी वैज्ञानिक आदरणीय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा सम्मान गरिएको थियो । माइक्रोआरएनए भनेको आनुवंशिक सामग्रीका साना अणुहरू हुन्, जसले कोशिकाभित्र स्विचहरू अन र अफ गरेर तिनका गतिविधि र समय नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछन् ।

यसपछिका नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ हुनेछन् । नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार आगामी अक्टोबर १३ मा घोषणा गरिनेछ ।

पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । यो दिन महान् आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथिसँग मेल खाने दिन हो । नोबेल स्विडेनका धनी उद्योगपति तथा डायनामाइटका आविष्कारक थिए । सन् १८९६ मा उनको निधन भएको थियो ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: