मलावीका उपराष्ट्रपति सवार विमान बेपत्ता

दर्पण दैनिक २९ जेष्ठ २०८१,०७:४१
post

काठमाडौँ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ ।


बीबीसीका अनुसार विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपतिबाहेक अन्य नौ जना सवार थिए । रिपोर्टहरुका अनुसार विमान आफ्नो गन्तव्य म्जुजुमा अवतरण गर्न असफल भयो । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: