बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

दर्पण दैनिक २४ बैशाख २०८०,०७:४३
post

लण्डन । राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३०  सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ ।

राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चबिशप सम्मानमा झुकेका थिए । आर्च शपले वेस्टमिंस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चार्ल्सप्रति वफादारीको शपथ लिन आग्रह गरे । शब्दहरू थिए, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु ।’

रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ । तर, उनलाई सपथ लिन भने भनिएन । उनलाई रानी मेरीको ताज लगाइयो। राजा चाल्र्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: