काठमाडौँ । भारतस्थित उत्तराखण्डको अल्मोडामा करिब ४० यात्रुले भरिएको बस गहिरो खाडलमा खसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्टनजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्या बढ्न सक्छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् । जानकारीअनुसार सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो । बसमा ४० भन्दा बढी यात्रु सवार थिए । साल्ट कुपनजिकै चालकले बसको नियन्त्रण गुमाए । केही बेरमै बस गहिरो खाल्डोमा खस्यो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google