भारत र पाकिस्तानलाई संयम बन्न र अबिलम्व वार्ता गर्न जी–७ को आग्रह

दर्पण दैनिक २७ बैशाख २०८२,१२:५०
post

काठमाडौं । जी–७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

विज्ञप्तिमार्फत उनीहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्। ‘हामी चाहन्छौं दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून्’, ‘जी–७ को विज्ञप्तिमा भनिएको छ । जी–७ विश्वका सात देशहरूको समूह हो, जसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन्।


जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान–उल–मरसूस’ थालिएको बताएको छ ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: