टिस्टा नदीमा आएको बाढीका कारण भारतीय सेनाका २३ जवान बेपत्ता

दर्पण दैनिक १७ आश्विन २०८०,११:३४
post

काठमाडाैं । भारतको उत्तर सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् । गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले यो घटनाको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएकाे छ । 

हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनक तालमा एकाएक फुट्दा लाचेन उपत्यका नजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: