
बूढीगण्डकी नदीमा आएको अविरल बाढीका कारण निर्माणाधीन तथा सञ्चालनको तयारीमा रहेका चारवटा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । बाढीले आयोजनाका मुख्य क्याम्प, बेलिब्रिज, पहुँच सडक तथा करोडौँ मूल्य बराबरका निर्माण उपकरणहरू बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
ऊर्जा प्रवर्द्धक कम्पनीहरूले दिएको प्रारम्भिक जानकारी अनुसार ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बाढीले बगाएको छ । यो आयोजना टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको छ ।
त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलिब्रिज बाढीले पूर्ण रूपमा बगाएको छ । यसैगरी, यारु हाइड्रो पावर प्रालिद्वारा निर्मित ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजनामा समेत भौतिक क्षति पुगेको छ ।
बाढीले आयोजनाको बेलिब्रिजमा क्षति पुर्याउनुका साथै निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ । वाटर इनर्जी डेभलपमेन्ट प्रालि प्रवर्द्धक रहेको १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनातर्फ जाने पहुँच सडक (Access Road) र आयोजना स्थल पुग्ने मुख्य पुलमा बाढीले गम्भीर क्षति पुर्याएको छ । अविरल वर्षा र बाढीका कारण आयोजना स्थलसम्म पुग्न र क्षतिको पूर्ण विवरण संकलन गर्न सकस भइरहेको सम्बन्धित प्रवर्द्धकहरूले जनाएका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)






















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google