माछापुच्छ्रे बैंकको लाभांश घोषणा

दर्पण दैनिक १३ भाद्र २०८०,११:५४
post

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको संचालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।  

गत वर्ष पनि बैंकले कुल १४ प्रतिशतनै लाभांश वितरण गरेको थियो । गत वर्ष पनि बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९