काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल रहेका थिए । संस्थाको १४औं बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले संचालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कार्कीले संस्थामा १० करोड १४ लाख ५० हजार ६०० रुपैंयाँ शेयर पूँजी तथा १ अर्व ११ करोड ९० लाख ७० हजार १४७ रुपैंयाँ बचत रहेको जानकारी दिए ।
त्यसैगरी संस्थाले १ अर्व ६६ करोड २४ लाख ५३ हजार २३३ रुपैंयाँ कर्जा सापटी र ३७ करोड २३ लाख ७६ हजार ३९३ रुपैंयाँ बाह्य ऋण रहेको जानकारी दिए ।
२ करोड ७६ लाख ३७ हजार ७८२ रुपैंयाँ कर अघिको नाफा रहेको संस्थाको कूल सम्पति १ अर्व ९२ करोड ८१ लख २३ हजार ७२० रुपैंयाँ रहेको अध्यक्ष कार्कीले जनाए ।
उनले यो वर्ष १ करोड ५१ लाख १४ हजार १७३ रुपैंयाँ सरकारलाई राजश्व तिरेको पनि सभामा जानकारी दिए । ५ हजार ८५५ सदस्य रहेको संस्थाको काठमाडौमा मैतिदेवी र काँडाघारीमा सेवाकेन्द्र रहेका छन् ।
संस्थाको कोषमा २० करोड ७२ लाख बढी रकम जम्मा भएको उनले बताए । आर्थिक वर्ष ०७९–८० को वित्तिय विवरण अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी २० करोड ७२ लाख ५५ हजार ३४८ रुपैंयाँ रहेको उनले जानकारी दिए ।
संस्थाले क्यूआर भुक्तानी, फण्ड ट्रान्सफर, वालेट ट्रान्सफर, मिस्डकल बैंकिङ सेवा, इटेलर सेवा, मोबाइल बैंकिङलयागतका सेवा प्रदान गरिरहेको जनाए । त्यसैगरी संस्थाले ओसज आयुर्वेदिक हस्पिटल र हिमाल डेन्टल हस्पिटलसंगको सहकार्यमा सदस्यलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको जानकारी दिए ।
संस्थाले यसै वर्षमा रक्तदान, विज्ञ सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्य गरेको जनाए । सभामा संस्थाको लेखा समिति प्रतिवेदन संयोजक मोहनबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।
सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतित्थ्यता रहेको थियो । साधारण सभामा उपस्थित अतिथि काठमाडौं जिल्ला सहकारी संघका सचिव बालकुमार बास्तोलालगायतले मन्तब्य राखेका थिए ।