काठमाडौँ । नेपाल प्रहरीले एक महिनामा ४१ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । प्रहरीले आर्थिक वर्ष २०८१/८२ फागुन महिनामा मात्रै ४१ करोड ७१ लाख ५६ हजार ४२ रुपैयाँ राजस्व गरेको हो ।
प्रहरीले अवैध चाँदी बरामद, अवैध पशुपंक्षी, अवैध नदीजन्य पदार्थ उत्खनन्, अवैध काठ बरामद, श्रोत नखुलेको रकम, हुण्डी कारोबार, अवैध मुद्रा बरामद, अवैध सुन बरामद, ट्राफिक कारबाही राजस्व, अदालती फैसला कार्यान्वयनलगायतका शिर्षकमा उक्त राजस्व संकलन गरेको जनाएकाे छ ।
प्रहरीका अनुसार फागुनमा अवैध चाँदी बरामदबाट १८ लाख ५९ हजार, अवैध पशुपंक्षीबाट २६ लाख ९३ हजार, अवैध नदीजन्य पदार्थ उत्खननबाट २७ लाख ८ हजार, अवैध काठ बरामदबाट २७ लाख ८० हजार, श्रोत नखुलेको रकम ४४ लाख १६ हजार, हुण्डी कारोबार ७५ लाख ११ हजार, अवैध मुद्रा बरामदबाट ८४ लाख ४ हजार, अवैध सुन बरामदबाट ७ करोड ९८ लाख, ट्राफिक कारबाहीबाट ९ करोड ४८ लाख ५२ हजार, अदालती फैसला कार्यान्वयनबाट ७ करोड ६२ लाख ६५ हजार र अवैध मालसमान बरामदबाट १३ करोड ५८ लाख ६२ह जार राजस्व संकलन गरिएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)


























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google