साढे ४६ प्रतिशतले बढ्यो नेपालको निर्यात व्यापार

दर्पण दैनिक ८ फाल्गुन २०८१,१५:३६
post

काठमाडौँ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ७ महिनासम्ममा नेपालको निर्यात व्यापार साढे ४६ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १ खर्ब २७ अर्ब २० करोड बढीको सामान निर्यात भएको छ । 


विभागका अनुसार माघ मसान्तसम्मको विवरणअनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात ४६.५० प्रतिशतले बढेको छ । गत वर्षको ७ महिनाको अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । माघ महिनामा मात्रै २९ अर्ब बराबरको निर्यात व्यापार भएको छ । पछिल्लो ४ महिनादेखि निर्यात व्यापार निरन्तर बढेको छ । गत कार्तिक महिनामा १४ अर्ब ३० करोड, मंसिरमा २० अर्ब ९८ करोड र पुस महिनामा २५ अर्ब ३० करोड रुपैयाँको निर्यात व्यापार भएको थियो। 


नेपालबाट खानेतेलको निर्यात वृद्धि भएपछि समग्रमा निर्यात वृद्धि हुन पुगको विभागले जनाएको छ । चालु आवको ७ महिनामा  सोयाबिन तेल मात्रै ३२ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको छ । यसैगरी, ६ करोड ५७ लाख रुपैयाँको सूर्यमुखिको तेल निर्यात भएको छ । जबकी गत आवको सोहि अवधिमा सोयाबिन तेल ५४ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको थियो भने सूर्यमुखीको तेल १४ करोड ८७ लाख रुपैयाँको निर्यात भएको थियो ।


चालु आर्थिक वर्षको ७ महिनासम्ममा मुलुकले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको मााघ महिनासम्म कुल आयात १०.०९ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरण अनुसार ७ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ बराबरको  भएको छ । गत वर्षको यही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको हो । 

७ महिनाको अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६.२० प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: