काठमाडौं । नेपाली बजारमा बीवाईडी एटो थ्रीको १०० किलोवाट भर्सनको कार भित्रिएको छ । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले या मोडेलको कार हालै बजारमा ल्याएको हो ।
बीवाईडी एटो थ्री नेपालमा भित्रिएको पहिलो स्पोर्टी विद्युतीय कार हो । अब यो कार १०० किलोवाट मोटरको भर्सनमा पनि खरिद गर्न सकिने छ । यो कारमा अल्ट्रा सेभ ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने यसलाई शुन्य प्रतिशतबाट ८० प्रतिशत चार्ज हुनको लागि ५० मिनेटमात्र लाग्ने बताइएको छ ।
नेपाली बजारमा यो कारको मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कारको डेलिभरी मार्च १५ बाट सुरु हुने कम्पनीले जनाएको छ ।