नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो

दर्पण दैनिक ७ बैशाख २०८१,१४:१२
post

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा ७।५२ प्रतिशतले बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४१ दशमलव ५३ प्रतिशतले बढेर ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७० करोडबाट बढेर ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा भने ४ दशमलव ३१ प्रतिशतले घटेको छ ।

बैंकको खराब कर्जा १  दशमलव ९५ प्रतिशत बाट घटेर १ दशमलव १२ प्रतिशतमा आएको छ । समिक्षा अवधिमा रिजर्भ २४ अर्ब ९४ करोडबाट बढेर २९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ दशमलव ४० रुपैयाँले घटेर १२ दशमलव ८० रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १७२ दशमलव ५७ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९