रिकोडद्वारा देउरालीमा पशुपालन व्यवस्थापनसम्बन्धी तालिम प्रदान

दर्पण दैनिक ४ असार २०८०,०६:५७
post

 ललितपुर ।  गोदावरी नगरपालिका–७ देवीचौरको देउरालीमा यहाँका पशुपालक किसानलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरिएको छ ।  ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) को आयोजनामा असार १ गतेदेखि असार ४ गतेसम्म आयोजित तालिममा छोटीडाँडा, घोडा कुद्ने र देउरालीका ३० जना पशुपालक किसान सहभागी छन् । 

रिकोडका पशु सेवा प्राविधिक श्याम सञ्जेलले पशुपालनका फाइदा, महत्व, तौरतरिका, खोर तथा गोठ व्यवस्थापन, सरसफाई, आहारासँगै पशुपन्छीमा लाग्ने रोग, रोकथाम र उपचारबारे सहभागीसँग अन्तरक्रिया गरेका थिए । 

तालिममा दुई वर्ष मुनीका बालबिलकाका आमालाई सहभागी गराइएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।  उनले रिकोडका कार्यक्रममा लक्षित वर्गका रूपमा गर्भवती र बालबालिकाका आमालाई समेट्दै आएको बताइन् । 

गोदावरी नगरपालिका वडा नं ७ का वडा सदस्य अजय लामाले रिकोडले योजना अनुसारका कार्यक्रम समयमा र लक्षित वर्गलाई समेट्दै आएको बताए । 

उनले भने-'कतिपय संस्थाले योजना गरे अनुसार काम गरेका छैनन् । तर, रिकोडले योजना गरे अनुसारको काम गर्न दिनरात सहजकर्ता कार्यक्षेत्रमा भेटेका छौँ । यो हाम्रा लागि र वडाबासीका लागि निकै खुसीको कुरा हो ।'

रिकोडकी देवीचौर सहजकर्ता गीता तिमल्सिनाका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेशाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालनमा छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: