भक्तपुर गुन्डुका किसान ‘जरबेरा’ फूल खेतीतर्फ आकर्षित, कुश कार्की कमाउछन महिनामै १० लाखसम्म

दर्पण दैनिक २६ जेष्ठ २०८१,१७:१८
post

भक्तपुर । भक्तपुर गुन्डुमा जरबेरा फूल खेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । सूर्यविनायक नगरपालिका–७ गुन्डु कार्की गाउँमा कुश कार्कीले सुरु गरेको जरबेरा फूलखेतीले यहाँका किसानलाई खेती गर्न आकर्षित बनाएको छ ।

‘कट फ्लावर’ का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ । पहेँलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फुल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ ।


इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट दुई रोपनी जग्गामा वर्षमा १० लाख रूपैयाँसम्म आम्दानी दिने किसान कार्की बताउँछन् । दुई रोपनी जग्गामा फूलखेती सुरु गरेका उनले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप दुई रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गरेका छन् ।

जरबेराका पाँच थरिका फूल फुलिरहेको उनको बारीमा भारतको पुनेबाट प्रतिबिरुवा एक सय १० रूपैयाँमा खरिद गरि तीन हजार पाँच सय बिरुवा लगाएकामा हाल तीन हजार एक सय बोटले फूलको उत्पादन दिइरहेको र चार सय बिरुवा मरेको किसान कार्कीले जानकारी दिए । एक दिन बिराएर एक पटकमा करिब एक हजार आठ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उनले मौसम हेरेर १५ रूपैयाँदेखि ३० रूपैयाँमा एउटा फूल बताए । यो फूलले चार वर्षसम्म उत्पादन दिने र चार वर्षमा एउटा बोटले दुई हजार एक सय ६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उनले दुई रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा १० लाख रूपैयाँसम्म आम्दानी हुने बताए ।

सुरुमा २० लाख रूपैयाँ लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उनले दुई वर्षमा लगानी उठाएर चार वर्षसम्म मुनाफा लिन सकिने र चार वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नुनपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताए ।

नगर उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताइन् । उनले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिइन् । नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विगत छ वर्षदेखि सूर्यविनायकको गुन्डुलाई फूलखेतीको पकेट क्षेत्रका रुपमा घोषणा गर्दै अनुदान दिन सुरु गरेको बताए ।

उनले गुन्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुन्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको बताए । उनले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताए । गुन्डुका किसानलाई नगरपालिकालको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा शुक्रबार अनुदानमा वितरण गरेको सापकोटाले जानकारी दिए ।

गुन्डुबाट मात्रै एक वर्षमा रु १० करोडको फूल बाहिरिने जनाउँदै उनले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताए । नगरपालिकाको कृषि शाखाका प्रमुख शान्तला बुढाथोकीले गुन्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट खड्काले जरबेरा फूलको व्यावसायिक खेती सुरु गरेको बताए ।

प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि नौ लाख ६० हजार रूपैयाँमध्ये चार लाख ८० हजार रूपैयाँ अनुदान दिएको उनले बताए । कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताए । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

डा. रुइत जन्मभूमि फर्किँदा...

२४ फाल्गुन २०७९,०७:५०
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: