योगेन्द्र जंग बस्नेत

केशर विश्वकर्मा
गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ३ घलाङ्ग भन्ने शान्त र ऐतिहासिक गाउँमा एक साधारण परिवारमा योगेन्द्र जंग बस्नेतको जन्म भयो । घलाङ्ग केवल एउटा गाउँ मात्र नभएर, त्यो उनका जीवन मूल्यहरू निर्माण गर्ने पहिलो विद्यालय थियो— जहाँ श्रम, इमान्दारी र आत्मसम्मान सिकाइन्थ्यो ।
बाल्यकाल हरेक रूपले सहज थिएन । गाउँको सामान्य जीवन, सीमित स्रोत र अनेक अभावबीच हुर्किएका योगेन्द्रले सानैदेखि संघर्षको अर्थ बुझ्न थाले। बिहान विद्यालय, बेलुका घरको काम, र फुर्सदको समय आफ्ना सपनाहरू बुन्ने क्षण— यही उनको जीवनको सुमधुर संगीत बन्यो । उनको बाल्यकालले एउटा कुरा स्पष्ट के गराउँछ भने - “जीवन सजिलो हुँदैन, तर हार मान्न नजान्नेले जीवनलाई जित्न सक्छ ।”
उनले आफ्नो विद्यालय शिक्षा श्री शक्ति माध्यमिक विद्यालय, गोरखाबाट सम्पन्न गरे र एस.एल.सी. (SLC) उत्तीर्ण गरे । गाउँबाट सहरसम्मको यात्रा केवल भौगोलिक थिएन, त्यो चेतनाको यात्रा पनि थियो ।
कानुन अध्ययनले उनलाई न्याय, अधिकार र जिम्मेवारीको चेतना दियो।
तर योगेन्द्रको आत्मा सिर्जनात्मक थियो । उनलाई शब्दभन्दा तस्बिर बोल्न मन पर्थ्यो। त्यसैले उनले फोटोग्राफीमा विशेष तालिम लिए र Diploma in Photography पूरा गरे । यहीँबाट उनको जीवनले नयाँ मोड लियो ।
क्यामेरासँगको मित्रता : ३० वर्षको साधना
फोटोग्राफी उनको पेसा मात्र भएन, उनको जीवन दर्शन बन्यो । ३० वर्षभन्दा बढी समय उनले फोटोग्राफीलाई साधनाजस्तै गरे । तस्बिरमा केवल अनुहार होइन, भावना उतार्न सिके । प्रकाश र छायाबीच जीवनको अर्थ खोजे ।
उनी केवल फोटोग्राफर बनेनन्— उनी मेन्टर र शिक्षक पनि बने । धेरै युवालाई फोटोग्राफी सिकाए, तालिम दिए, र आत्मनिर्भर बन्न प्रेरित गरे ।का विद्यार्थीहरू आज देश–विदेशमा आफ्नो पहिचान बनाइरहेका छन्। यसले देखाउँछ— उनको योगदान क्यामेराभन्दा पनि मानिसको जीवनमा गहिरो छ।
कार्निभल क्रुजदेखि नेपालसम्म
योगेन्द्रले आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाए । उनले कार्निभल क्रुजमा करिब ७ वर्षसम्म एडभान्स्ड वेडिङ फोटोग्राफीमा काम गरे । समुद्रको विशाल जहाजमा हजारौँ जोडीहरूको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण कैद गर्नु— यो केवल पेसा होइन, जिम्मेवारी थियो । विभिन्न संस्कृतिसँग काम गर्दा उनले अनुशासन, समय व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरको व्यावसायिकता सिके । विदेशमा सफल हुँदा पनि उनको मन सधैँ नेपालमै थियो । उनले सिकेको सीप नेपालमै प्रयोग गर्ने सपना देखे ।
नेपाल डोर ब्रान्डको यात्रा
हाल उनी नेपाल डोर ब्रान्ड अन्तर्गत ढोका उद्योग सञ्चालन गर्दै छन् ।
यसले के देखाउँछ भने - उनी केवल कलाकार मात्र होइन, उद्यमी सोच भएका कर्मशील व्यक्ति पनि हुन् । यो उद्योग रोजगारी सिर्जना गर्ने, नेपाली उत्पादन प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्रतर्फ योगदान गर्ने प्रयास हो । 'देश परिवर्तन भाषणले होइन, उद्योग र श्रमले हुन्छ' यो उनको विश्वास हो ।
समाजसेवा र नेतृत्व

योगेन्द्रको जीवनको अर्को महत्त्वपूर्ण पक्ष हो — सामाजिक र राजनीतिक चेतना ।
उनी विगतमा गोरखा समाज सेवा केन्द्रको सचिव भएर गोरखा जिल्लालाई योगदान गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा नगर – काठमाडौँ सम्पर्क विभागको सभापति र घलाङ गोरखा सेवा समाजको अध्यक्ष छन् । यी पद केवल जिम्मेवारी होइनन्, जनताप्रतिको उत्तरदायित्व हुन् । घलाङ गोरखा सेवा समाजमार्फत उनले गोरखाली समुदायलाई संगठित गर्ने, दुःख–सुखमा साथ दिने र शिक्षा, सहयोग र एकताको भावना फैलाउने काम गर्दै आएका छन् ।
रास्वपामा उनको सहभागिता परिवर्तनको आकांक्षाबाट जन्मिएको हो । उनी राजनीतिलाई पेसा होइन, सेवाको माध्यम ठान्छन् । रास्वपाको परिवर्तनको अभियान स्वच्छ र शान्त तलाउ हो, यसलाई कुनै पनि कारणले धमिलो हुन दिनु हुँदैन भन्ने अभियानमा योगेन्द्र लागेका छन् ।
योगेन्द्र जंग बस्नेतलाई चिनाउने मुख्य गुणहरूमा इमानदारिता, निरन्तर मेहनत, शान्त स्वभाव, युवालाई अवसर दिन चाहने सोच र परिवर्तनमा विश्वास हुन् । उनले कहिल्यै सजिलो बाटो रोजेनन् । उनले सधैँ कठिन बाटो रोजे— किनकि कठिन बाटोले चरित्र बनाउँछ भन्ने दृढ संकल्प उनको रहेको छ ।
जीवनमा असफलता पनि आए । विदेशमा संघर्ष, व्यवसायमा चुनौती, सामाजिक काममा आलोचना— तर उनी कहिल्यै भाँचिएनन् । हामीसँगको कुराकानीमा उनले भने, 'हार त आउँछ, तर हार स्वीकार नगर्नु नै जित हो । हरेक चोटबाट अझ बलियो बन्न सक्नु नै संघर्ष हो ।'
योगेन्द्रको सपना सरल तर गहिरो छ । उनले युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने, गोरखालाई संगठित समुदाय बनाउने, राजनीति सफा र इमानदार बनाउने, नेपाललाई उत्पादनमुखी बनाउने र सभ्य तथा संस्कारी समाज बनाउने उनको सपना तथा योजना छ ।
युवालाई सन्देश दिँदै उनी भन्छन् -
“तिमी जहाँ जन्मियौ, त्यो महत्त्वपूर्ण होइन।
तिमी के बन्न चाहन्छौ, त्यो महत्त्वपूर्ण हो।
सीप सिक, इमानदार बन, र देशलाई केही देऊ।”
योगेन्द्र जंग बस्नेतको जीवन कथा कुनै राजकुमारको कथा होइन । यो एउटा गाउँमा जन्मिएको साधारण बालकको कथा हो, जो क्यामेराबाट संसार हेर्न सिक्यो, सयौँ देश देखेर उच्च शिक्षा पायो, अनुभव सँगाल्यो, फेरि देश फर्कियो, र समाजका लागि केही गर्न उभियो । उनको यात्रा एउटा सन्देश हो— संघर्षबाट भाग्ने होइन, संघर्षलाई मित्र बनाउने ।

































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google