रास्वपाकाे ‘आत्मनिर्भर नेपाल अभियान’ : राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमै बनेका सामग्रीकाे प्रदर्शनी

दर्पण दैनिक ८ भाद्र २०८१,१९:०२
post

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ । केन्द्रीय कार्यालय, वनस्थलीमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवर्द्धन, कृषि र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो । 

अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले आन्तरिक उत्पादन अभिवृद्धिको दीर्घकालीन लक्ष्यसहित तत्कालका लागि भने स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धि देखाएर विदेशिने खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए । उनले ‘आत्मनिर्भर नेपाल अभियान’ वडास्तरसम्म विस्तार गरिने जानकारी पनि दिए । 

त्यस्तै, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मुलुकलाई आत्मनिर्भर बनाउन सानास्तरमा भइरहेका कामलाई एकीकृत गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानअन्तर्गत नीतिगत परिवर्तनको बहसलाई पनि सँगसँगै लगिने जानकारी दिए । शुभारम्भ कार्यक्रममा सांसदद्वय गणेश पराजुली र अशोककुमार चौधरीले संभावना भएका उत्पादनमा जोड नदिएसम्म मुलुकको आर्थिक रुपान्तरण नहुने भन्दै त्यसमै सहयोग पुर्‍याउन अभियान थालिएको बताए । 

रास्वपाका केन्द्रीय सदस्य एवं स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुख डा प्रभात अधिकारीकले युवालाई उद्यम र श्रममा जोड्दै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता न्यूनीकरणमा राजनीतिक दलहरुले प्रत्यक्ष योगदान गर्न सक्छन् भन्ने सन्देश दिन पनि  ‘आत्मनिर्भर नेपाल अभियान’ सुरुवात गरेको बताए ।  ‘स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग, आन्तरिक रोजगारी सिर्जना र दुबैका लागि समयसापेक्ष नीति–कानुन तर्जुमामा सकारात्मक दबाब दिने उद्देश्यका साथ अभियान सुरु गरेका हौं’, डक्टर अधिकारीले भने । 

रास्वपाका केन्द्रीय सदस्य एवं उत्पादन प्रवर्द्धन विभाग प्रमुख रामकृष्ण भट्टराईले युवालाई स्वदेशमै रोक्न सकिन्छ भन्ने सन्देश दिन अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

अभियान शुभारम्भका लागि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री प्रदर्शनीका ३० स्टल छन् । रास्वपा कार्यालयमा ‘आत्मनिर्भर नेपाल अभियान’सँग सम्बन्धित ५ वटा विषयमा ‘नीति मन्थन’ समेत भइरहेको छ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: