काठमाडौं । ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा जनकराज शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालय मै रहेका उनलाई अर्थमन्त्रीले नयाँ जिम्मेवारी दिएका हुन् ।
ठूला करदाता कार्यालयका प्रमुख रहेका राजेश्वर ज्ञवालीलाई भने मन्त्रालय तानिएको अर्थमन्त्रालयले जनाएको छ ।