काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। बैंकका अनुसार तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेका कारण उनीहरूको अनुमति रद्द गरिएको हो ।राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार म्याद सकिएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेका मनिचेञ्जरको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था रहेको जनाएको छ ।
रद्द गरिएका मनिचेञ्जर कम्पनीहरूमा काठमाडौं महानगरपालिका–२६, मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् । राष्ट्र बैंकले सम्बन्धित सबैलाई उक्त निर्णयको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google