प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

दर्पण दैनिक १६ माघ २०८१,११:२८
post

नयाँदिल्ली । भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएको छ । स्थानीय समय अनुसार मंगलबार राति करिब १ः३० बजे त्यहाँ भागदौड मच्चिएको हो । 

भागदौडमा १५ जनाको मृत्यु भएको छ । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । 

घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन् । 

संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: