
काठमाडौँ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच दुई हप्ताको लागि युद्धविराम घोषणा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी नेतृत्वसँगको वार्तापछि इरानले होर्मुजको जलडमरूमबाट ढुवानी गर्न अनुमति दिएमा अमेरिका र इरानबीच युद्धविराम हुने बताएका छन् ।
उनले भने, ‘म इरानमाथि बमबारी र आक्रमण दुई हप्ताको लागि रोक्न सहमत छु ।’ ट्रम्पले भने दुवै पक्ष यो युद्धविराममा सहमत भएका छन् । ट्रम्पका अनुसार यदि इस्लामिक गणतन्त्र इरानले होर्मुजको जलडमरुमलाई पूर्ण रूपमा, तुरुन्तै र सुरक्षित रूपमा पुनस् खोल्न सहमत भएमा मात्र उनी यो दुई हप्ताको युद्धविराममा सहमत हुने छन् ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि घोषणा गर्दै यदि इरानमाथि आक्रमण रोकियो भने इरान युद्धविराममा सहमत हुने बताएका छन् । उनले भने, ‘दुई हप्ताको अवधिमा होर्मुजको जलडमरुमबाट सुरक्षित ढुवानी सम्भव हुनेछ ।’
अराघचीका अनुसार यो व्यवस्था इरानको सशस्त्र सेनासँग समन्वयमा लागू गरिने छ भने प्राविधिक सीमितताहरूलाई पनि ध्यानमा राखिने छ । यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको पाँच हप्ता लामो अमेरिका र इजरायली युद्धको क्रममा धेरै समयसीमा तोकेका छन्, माग गरेका छन् र धम्की दिएका छन् ।
उनले इरानमाथि आक्रमणको नयाँ चरण अत्यन्तै विनाशकारी हुने बताएका थिए । यो मंगलबार वाशिङ्टनको समय अनुसार बेलुका ८ बजे (बुधबार भारतीय समय अनुसार बिहान ५ः३० बजे) सुरु हुन सक्छ । चार घण्टाभित्र देशका प्रत्येक पुल र पावर प्लान्ट ध्वस्त हुने छन् ।
यसअघि, ट्रुथसोसियलमा एक लामो पोस्टमा ट्रम्पले भनेका थिए, ‘पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र फिल्ड मार्शल असिम मुनीरसँगको मेरो कुराकानीको आधारमा र उनीहरुले आज राति मलाई इरानविरुद्ध कुनै पनि विनाशकारी सैन्य कारबाही रोक्न आग्रह गरेकाले म इरानमाथि बम विष्फोट र आक्रमण दुई हप्ताको लागि रोक्न सहमत छु, यदि इस्लामिक गणतन्त्र इरानले पूर्ण रूपमा तुरुन्तै र सुरक्षित रूपमा हर्मुज जलडमरू पुनः खोल्न सहमति जनायो भने ।’
उनले थपे, ‘यो दुईतर्फी युद्धविराम हुने छ ।’ ट्रम्पले आफ्नो तर्कको व्याख्या गर्दै अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू मात्र प्राप्त नगरेको तर ती लक्ष्यहरू पार पनि गरेको र इरानसँग दीर्घकालीन शान्ति र मध्य पूर्वमा स्थायी शान्तिको लागि निर्णायक सम्झौताको धेरै नजिक रहेको बताए ।
उनको दाबी थियो– इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जुन वार्ताको लागि व्यावहारिक आधार मानिन्छ। ट्रम्पका अनुसार, अमेरिका र इरान पहिले नै विवादका लगभग सबै प्रमुख मुद्दाहरूमा सहमतिमा पुगेका छन्, तर यो दुई हप्ताको अवधि सम्झौतालाई अन्तिम रूप दिन र औपचारिक रूपमा कार्यान्वयन गर्न दिइने छ ।
ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा, र मध्य पूर्वका देशहरुको प्रतिनिधित्व गर्दै, यो लामो समयदेखि चलिरहेको मुद्दाको समाधानको नजिक पुग्नु सम्मानको कुरा हो ।’
इरानले के भन्यो ?
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सशर्त युद्धविरामको घोषणा गर्यो । त्यसपछिको विज्ञप्ति अनुसार सम्झौताको विवरणलाई अन्तिम रूप दिन अधिकतम १५ दिन भित्र पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता हुने छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यी वार्ताहरू युद्धभूमिमा इरानको विजयलाई राजनीतिक वार्तामा एकीकृत गर्न आयोजित गरिने छ ।’इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को एक विज्ञप्ति अनुसार, अमेरिकाले निम्न कुराहरुमा सहमति जनाएको छ ।
१– इरानविरुद्धको आक्रामक कार्यहरू दोहोरिने छैन भन्ने ग्यारेन्टी
२– इरानको होर्मुज जलडमरूको निरन्तर नियन्त्रण
३– युरेनियम संवर्धनको स्वीकृति
४– सबै प्रतिबन्धहरू हटाउने
५– संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका सबै प्रस्तावहरू खारेज गर्ने
६– इरानलाई क्षतिपूर्ति दिने
७– क्षेत्रबाट अमेरिकी लडाकू सेना फिर्ता लिने
८– लेबनानको इस्लामिक प्रतिरोधू विरुद्ध सहित सबै मोर्चाहरुमा शत्रुता रोक्ने











































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google