राजनीतिमा आएकाे ५ वर्षमै प्रधानमन्त्री बनिन् हरिणी

दर्पण दैनिक ४ मंसिर २०८१,०७:०८
post

काठमाडाैँ । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त भएकी छन् । प्रधानमन्त्री बन्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री भएकी थिइन् ।

प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् ।

श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा अनुराकुमार दिसानायकेको गठबन्धन विजयी भएको थियो । सोमबार नयाँ मन्त्रिपरिषद् गठन भएको हो ।

प्रधानमन्त्रीसहित नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई  राष्ट्रपति दिसानायकेले  पद तथा गोपनियताको शपथ गराएका छन् । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: