भारतमा लोकसभाका सबै चुनाव क्षेत्रको परिणाम सार्वजनिक, कसले कति सिट जिते ?

दर्पण दैनिक २३ जेष्ठ २०८१,०६:५९
post

काठमाडाैं । भारतमा सम्पन्न लोकसभा निर्वाचनको सबै चुनाव क्षेत्रको परिणाम सार्वजनिक भएको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए गठबन्धन) ले २९५ सिट जितेको छ । त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३१ सिट जितेको छ । अन्य पार्टीहरूले १७ सिट जितेका छन् । 

भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले अघिल्लो पटक ३५२ स्थान जितेको थियो । उसले अघिल्लो पटक एक्लै ३०३ सिट जितेको थियो । यसपटक उसले ६१ स्थान गुमाएको छ ।

कंग्रेस आईले सन् २०१९ को निर्वाचनको तुलनामा उल्लेख्य सुधार गरेको छ ।  कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अघिल्लो पटक ९४ स्थानमात्र जितेको थियो । कंग्रेस आई एक्लैले ५२ स्थान जितेको थियो । अहिले ४६ सिट थपेको हो ।

कुल ५४३ सिटमध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । मुख्य निर्वाचन आयुक्त राजीव कुमारका अनुसार १९ अप्रिलदेखि सुरू भई विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६  करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए। यीमध्ये महिला मतदाताको संख्या ३१ करोड २ लाख छ । यसपालि ५८.५८ प्रतिशत मतदान भएको थियो ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: