काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।
उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।