सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान

दर्पण दैनिक १३ पुष २०८०,२१:०७
post

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्रका वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा चौधरीलाई २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गरे। सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रि दबूको मुखपत्र आज्जुको विमोचन पनि गरिएको थियो ।


पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोज गरी निरन्तर लेख, रचना लेख्ने र नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको बारे सार्वजनिक बहस र विमर्शको विषय बनाउन पुर्याएको योगदानको आधारमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस काउन्सिल नेपालले २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांँङिगएको दुःखेसो, प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको पत्रिकामा नेपाली पत्रकारिताको बहस र यथार्थ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट विसं २०८० भदौंमा महासंघको संस्थापक प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ गरी चौधरीका लेख प्रकाशित छन् । चौधरीले विभिन्न सार्वजनिक बहसमा सो सम्बन्धी अनुसन्धात्मक कार्यपत्र प्रस्तुत गर्दै आएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियान चलाउँदै आएको छ । सोही अभियानअन्तर्गत सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्षदेखि थालनी गरिएको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।


प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालीहरु आफ्नै पहिचान मेटाइरहेकोले नेपाल उभो लाग्न नसकेको बताए । 'सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हो, भन्ने विषय घाम जस्तै छर्लङग छ । तर आफ्नै क्षेत्रको बारेमा हामीले सही तथ्य बङ्ग्यारहेका छौँ । आफ्नै छिनोफानो गर्न नसक्दा नेपाली पत्रकारितालाई कसरी विश्वास गर्छ भन्ने पनि प्रश्न हुनसक्छ' उनले भने । उनले श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्षमा स्थापित गर्न अझै अध्ययन, अनुसन्धानको आवश्यकता भएमा प्रेस काउन्सिलको सहयोग रहने जानकारी पनि दिए ।


नेपाल पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल पत्रकार दबूले विगत चार वर्षदेखि श्रेष्ठलाई संस्थापक अध्यक्षको पहिचान दिन अभियान चलाएको र यसपटक उनको १०८औँ जन्मजयन्तीको अवसरमा सत्यनारायणबहादुर श्रेष्ठ स्मृति फुटसल र पत्रकारिता पुरस्कारको स्थापना गरेर यो अभियानलाई अझ बृहत् रुपमा लगेको जानकारी दिए ।


सो अवसरमा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने चौधरीले यस सम्मानपछि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियानमा अझ बढी शोध गर्न आफूलाई घच्घचाएको र त्यसलाई सफल बनाइछाड्ने अठोट व्यक्त गरे । उनले भने– सत्यनारायणबहादुर श्रेष्ठले पत्रकार महासंघको संस्थापक अध्यक्षको मान्यता पाएपछि मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । न्याय हुनेछ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर र सचिव तथा कार्यक्रम संयोजक राजु नापितले पनि श्रेष्ठबारे आ-आफ्ना धारणा प्रस्तुत गरे । सोही अवसरमा सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको विजेता नेवाः पत्रकार राष्ट्रिय दबु, चितवन, उपविजेता नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौं र तेस्रो स्थान हािसल गर्ने नेवाः कलाकारको टिमलाई ट्रफी, पदक तथा प्रमाण पत्र प्रदान गरियो । यसैगरी सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपका संयोजक प्रजित शाक्य, नेवाः पत्रकार राष्ट्रि दबुद्वारा प्रकासित बुलेटिन आज्जुका प्रधान सम्पादक सुरजवीर वज्राचार्य, भिडियो/फोटो संयोजन गर्ने अनुप प्रधान र सत्यनारायण बहादुर श्रेष्ठ जन्मजयन्ती कार्यक्रमका संयोजक राजु नापितलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: