काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि कङ्गोमा तैनाथ नेपाली सेनाका प्युठ भुपजित राईको मृत्यु भएको छ ।
श्री नरसिंह दल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ राईको असोज २६ गते मृत्यु भएको हो । खोटाङ घर भएका प्युठ राई जिनामा कार्यरत थिए ।
बिरामी भएका उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित स्थानीय अस्पताल लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको पनि निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google