कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति धुम्बराहीबाट पक्राउ

दर्पण दैनिक ३१ बैशाख २०८०,१६:३८
post

काठमाडौं– कतारमा पुलिसको जागिर लगाइदिन्छु भन्दै ६९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ घर भएका ४९ वर्षीय रुद्रबहादुर लिम्बू छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बराहीबाट पक्राउ गरेको हो ।

लिम्बूले हरिबहादुर कार्कीसहित १९ जनालाई कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ७ लाख रुपैयाँका दरले ६९ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । रकम लिएपछि फरार भएका लिम्बूलाई पक्राउ गरेर उपस्थित गराउन भन्दै वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि पक्राउ गरेर बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: