काठमाडाैं । काठमाडौँबाट गोरखा जान लागेको ट्याक्सी चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। उक्त दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ ।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको थियाे । दुर्घटनामा परी ट्याक्सी चालक गोर्खा-७ का अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार जिल्ला गोर्खा-७ कै ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो । बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ ।