मिटरब्याजीको आरोपमा पक्राउ परे ललितपुरका ज्ञानेन्द्र महर्जन

दर्पण दैनिक ११ असार २०८०,०७:३१
post

काठमाडौं । प्रहरीले मिटरब्याजीको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२६ घर भई हाल ललितपुर-१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको हो । 

ज्ञानेन्द्रले ललितपुर महानगरपालिका-११ का ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ सापटी दिएर एक करोड बढी लिएको आरोप छ । मनोजको जाहेरीपछि पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए । 

मनोजलाई ३० लाख दिएपछि वैदेशिक रोजगारीको कागज गराएका उनले पटक–पटक १ करोड २६ लाख रुपैयाँ लिइसकेको प्रहरीको दाबी छ । उनलाई अनुचित लेनदेन गर्न नहुने कसुरको आरोपमा प्रहरीले अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । 

जुपिटरटोलस्थित घरबाट पक्राउ परेका महर्जनको घर कोठासमेत प्रहरीले खानतलासी गरेको छ । घरबाट ७ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरूको नामको २३ वटा तमसुकसमेत प्रहरीले बरामद गरेको छ । 

तीमध्ये केही वडाबाट प्रमाणित भएकोसमेत पाइएको छ। यस्तै विभिन्न बैंक तथा सहकारीका १ करोड ३४ लाख रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरुको नामको चेकसमेत उनीबाट बरामद गरेको छ । ती चेक म्याद नाघेका, दस्तखत नभएका, मिति खाली रहेका समेत गरी ३२ थान रहेको एसएसपी शाहले बताए । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: