नेपाली यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

दर्पण दैनिक २ माघ २०७९,०७:०२

२ माघ, काठमाडौं । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ । सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।

post

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।

आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: