विश्व फोटोग्राफी दिवसमा काठमाडौं फोटोग्राफर संघले 'खुल्ला फोटो वाक’ कार्यक्रम गर्ने

दर्पण दैनिक १९ श्रावण २०८०,२२:५२
post

काठमाडौं । १८४अ‍ौ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौं फोटोग्राफर संघको आयोजनामा 'खुल्ला फोटो वाक' कार्यक्रम हुने भएको छ । यहीं भाद्र २ गते शनिबार  बिहान ८ बजे भक्तपुर दरबार क्षेत्रमा खुल्ला ‘फोटो वाक’ कार्यक्रम आयोजना हुने भएको हाे । संघका अनुसार फोटो वाकमा सहभागीहरुको ‘फोटो प्रतिष्पर्धा’ गरिने र उत्कृष्ट फोटो खिच्ने फोटोग्राफरलाई  सम्मान गर्ने कार्यक्रम रहेको छ । 

फोटोग्राफरहरुको विशेष दिन  विश्व फोटोग्राफी दिवसमा हुने ‘फोटो वाक’ कार्यक्रममा सहभागी हुन सम्पूर्ण फोटोग्राफरहरु लाई अनुरोध गरेको छ ।  ‘फोटो वाक’ मा सहभागी हुन चाहने फोटोग्राफरहरुले नाम टिपाउनको लागि कार्य समिति सदस्यहरु अथवा कार्यक्रम संयोजक सानुकाजि महर्जनलाई सम्पर्क गर्न सकनिे संघले जानकारी गराएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: