ललिता निवास प्रकरणमा : बहालवाला सचिव राउत पक्राउ

दर्पण दैनिक २४ असार २०८०,२०:३५
post

काठमाडाैं । ललिता निवास प्रकरण सरकारका बहालवाला सचिव पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको हो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलबाट पक्राउ गरिएकाे सीआईबी प्रमुख एआईजी किरण बज्रचार्यले जानकारी दिइन् ।

फाैजदारी आराेपमा पक्राउ पर्ने राउत नेपाल सरकारका दाेस्राे बहालवाला सचिव हुन् । यसअघि नक्कली भुटानी शरणार्थी प्रकणरमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । 

उनी अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत थिए । राउत माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णय गर्दा राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । प्रधानमन्त्री निवास विस्तार गर्नेसम्बन्धी निर्णयको टिप्पणी उनले उठाएका थिए ।

यो प्रकरणमा सीआईबीले आजै अन्य दुई जनालाई पनि पक्राउ गरेको थियो । पछिल्लोपटक यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: