काठमाडाैं । कुवेत पठाईदिन्छु भनी रकम ठगी गरकाे आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले तेह्रथुम म्याङलुङ २ घर भई हाल काठमाडाैं गौशाला बस्ने बर्ष ४३ की जुनु तुम्बाहाङफेलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार सुवर्णसिंह तुम्बाहाङफेकी श्रीमती जुनु तुम्बाहाङफेले रस्मिता भुलोनलाई कुवेत पठाईदिन्छु भनी पीडितबाट पटक पटक गरी दुई लाखरुपैयाँ रकम लिएकी थिइन् । रकम लिएर सम्पर्क विहीन भएकी तुम्बाहाङफेले भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति छ लाख पचास हजार रुपैयाँ लाग्छ, कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एकलाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम लिएकाे प्रहरीले जनाएकाे छ ।
तुम्बाहाङफेलाई गौशालाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।