पोर्चुगल पठाई दिन्छु भनी रकम ठगी गरेको आरोपमा ४३ वर्षीया महिला पक्राउ

दर्पण दैनिक १८ मंसिर २०८०,१६:४०
post

काठमाडौं । पोर्चुगल पठाई दिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टालीले बाराको निजगढ घर भइ काठमाडौं तारकेश्वर बस्दै आएकी ४३ वर्षीया सुष्माकुमारी खड्कालाई पक्राउ गरेको हो । 

प्रहरीकाअनुसार खड्का राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि एघार लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि होटलमा काम लगाइदिने जहाँ मासिक एक लाख बीस हजार रुपैयाँभन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाएर पीडितबाट पटकपटक गरी सात लाख पचास हजार रुपैयाँ लिई फरार भएकी थिइन् । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: