बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ

दर्पण दैनिक १ असार २०८१,२१:५७
post

काठमाडौं । बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको आदर्श कोतवाल गाउँपालिका खजुरियास्थित घरबाट कलैयातर्फ जाँदै गर्दा मोटरसाईकलमा सवार अज्ञात समूहले गोली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाको हत्या गरेको प्रहरीले जनाएको छ ।

कुशवाहा शुक्रबार बिहान आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने स्थानमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो ।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कुशवाहाको पिठ्यउँमा दुई राउण्ड गोली लागेको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: