नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २३ जना घाइते

दर्पण दैनिक ४ फाल्गुन २०७९,१८:१०
post

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा.२ ख. ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको हाे । 

दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर–६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ । 

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: