पावर बैंक भन्दै माटो भरिएका बट्टा बेचेकाे आरोपमा दुई भारतीय पक्राउ

दर्पण दैनिक १६ फाल्गुन २०७९,१२:५६
post

बुटवल । चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्यो भनी ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेककुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेशकुमार भट्ट सालझण्डीबाट पक्राउ परेका हुन् ।

सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाइलको ओरिजिनल पावर बैंक पर्ने भनेर मानिसहरुलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलमा प्रेस लेखेर ठगी गर्दै आएका प्रहरीले जनाएको छ ।

पावर बैंक भनेर विक्रि भएका वस्तु घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भने पनि घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि पनि उनीहरुको ठगी पत्ता लागेको हो । पावर बैंकलाई खोलेर हेर्दा भित्र माटो मात्रै भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पिएर लेखिएको प्लाष्टिकको बट्टा भित्र माटो भएको वस्तु ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाइन्ट एक–एक थान, स्क्रयाच कुपन ७९ थान वरामद गरिएको छ ।

यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने गरी सेट गरिएको र ३२०० पर्ने पावर बैंकलाई १२०० रुपैयाँ तिरे पाइने भन्दै नक्कली वस्तु दिएर ठगी गरेको फेला परेपछि उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अर्यालले बताए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: