कफीको प्याकेटभित्र ल्याइएकाे साढे ४ किलो कोकिनसहित भारतीय र थाई नागरिक पक्राउ

दर्पण दैनिक १० पुष २०८२,१४:१२
post

काठमाडौँ । प्रहरीले झन्डै साढे ४ किलो कोकिनसहित दुई भारतीय र एक थाई महिलालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ । लाओसबाट सिंगापुर हुँदै आएका भारतीय नागरिकका साथबाट ३ किलो ७५० ग्राम र लाओसबाट थाइल्यान्ड हुँदै नेपाल आएकी थाई महिलाका साथबाट ५ सय ५० ग्राम प्रतिबन्धित लागुपदार्थ कोकिनसहित लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय मुरचलेन्ड हुसेन, ५५ वर्षीय जेभियर म्याथ्यु थालियाचेरी र ४० वर्षीया थाई महिला रुसानी कामा छन् । ब्युरोका एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार दुई भारतीय शनिबार र थाई महिला सोमबार पक्राउ परेका हुन् । उनीहरु सिनामंगलको एक होटलमा बस्दै आएका थिए । हुसेन भने कोकिन लिन भारतबाट नेपाल आएका हुन् ।

गोप्य सूचनाका आधारमा ब्युरोका इन्सपेक्टर सविन कार्की र प्रहरी नायव निरीक्षक विचित्र मगर सहितको टोलीले अपरेसनका क्रममा उनीहरुलाई होटलबाहिरबाट पक्राउ गरेको थियो । होटल खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध कोकिन बरामद भएको हो । बरामद कोकिनको बजारमूल्य १२ करोडभन्दा बढी पर्ने प्रहरीले जनाएको छ ।

भारतीय नागरिकले कफीको प्याकेटभित्र र थाई महिलाले क्याप्सुल बनाएर निलेर ल्याएकी कोकिन भित्र्याएकी थिइन् । चिकित्सा विधिबाट उनको पेटमा रहेको क्याप्सुल दिसामार्फत बाहिर निकालिएको थियो । तीनै जना ब्युरोको नियन्त्रणमा छन् ।

विदेशमा रहेको गिरोहले निश्चित रकमको प्रलोभनमा पारेर भरियाका रुपमा उनीहरुलाई प्रयोग गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि पनि त्यही रुटबाट पटकपटक गिरोहले नेपाललाई ट्रान्जिट बनाएर भारततिर लैजाने गरेका तथ्य सार्वजनिक भएका छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: