
काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाडौं रातोपुलस्थित घरमा उनी मृत भेटिएका हुन् । बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । भर्याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेको उनले बताए ।
३१ वर्षे सारुकले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google