‘नेपाली युद्धसाहित्य’ लिएर आए भण्डारी

दर्पण दैनिक ३१ बैशाख २०८०,१३:४०
post

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकैठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुन्छ भने ।

त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले यस कृतिको महङ्खव बढी छ भने । साथै उनले कृतिमा माक्र्सवाद र समाजवादी यथार्थवादमाथि कहीँकतै नबोलेको, नलेखेकोमा प्रश्न पनि उठाए ।

कार्यक्रमका अर्का वक्ता डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइवर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए । उनले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गर्छ भने ।

कार्यक्रममा बोल्दै अर्का वक्ता डा. विन्दु शर्मालेनेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन् । साथै नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्तोखाले कृति नआएकोमा यसको महङ्खव बढी छ भनिन् ।

कार्यक्रमका चारै जना वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमाथि बढी समय खर्चिएका थिए । लेखकले वि.सं. १९४० देखि २०१७सम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गरेका थिए ।

लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको जनाए । उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए । 

भुँडीपुराणका अध्यक्ष केशव प्रसाद पराजुलीले आमन्त्रित अतिथिलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै युद्धमाथि लेखिएको यो कृति असाध्यै महङ्खवपूर्ण भएको हुँदा यस कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताए । पुस्तक ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो । ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ ।


 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: