काठमाडौं । न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी छन् । प्रहरीले वैवाहिक जबरजस्ती करणीको जाहेरी लिएर थप अनुसन्धानका लागि न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमती माग गरेको हो ।
उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ ।
उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ। उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ । गिरी हाल न्यायपरिषदमा कार्यरत छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google