पछिल्लो समय मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षण : इन्सेक

दर्पण दैनिक १६ श्रावण २०८०,२१:५९
post

काठमाडौं । मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ ।  आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटनाले प्रहरी ज्यादतीको निरन्तरता झल्कन्छ ।

लहान, सिराहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराजस्थित जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई असई महतोले कुटपिट गरेको पीडितले बताउनु भएको छ । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते हुनुभएका पोखरेलको उपचार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भइरहेको छ ।

'मानव अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र सुपरिचित मानव अधिकार रक्षक र पत्रकारमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरीउपर कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिबद्धतामा कायम रहन हामी सरकार समक्ष जोडदार माग गर्दछौँ ।'-इन्सेकका अध्यक्ष कुन्दन अर्यालद्वारा साउन १५ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

'मधेश प्रदेशमा भइरहेका अनुचित र अत्यधिक बल प्रयोग, यातना र हिरासतको मृत्युका घटनाहरूका सम्बन्धमा गहन छानबिन प्रारम्भ गरी जुनसुकै तहका दोषी प्रहरीउपर अबिलम्व कारबाही चलाउन नेपाल सरकारसमक्ष माग गर्दछौँ । हामी सरकारसँग मानव अधिकार उल्लङ्घनका यस्ता घटनाप्रति शुन्य सहनशीलता अपनाउन ध्यानाकर्षण गराउँदै देशका सबै भूभागका मानव अधिकार अवस्थाको देशभित्र र बाहिरका मानव अधिकार संस्थाहरूबाट निरन्तर मिहिन अनुगमन भइरहेको जानकारी गराउन चाहन्छौँ'-विज्ञप्तिमा भनिएको छ ।

जनकपुरकी नवविवाहित आरती साहको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा उजुरी दिने माइती पक्षका परिवारजनलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा बोलाएर पहिले तयार गरिएको उजुरी विपरीतको बयानमा सही छाप गर्न दबाब दिइएको घटना केही समय अघि सार्वजनिक भएको थियो । मृतक आरती साहका परिवारजन उक्त घटनामा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले यातना दिएको बताउँदै राजधानीको माइतीघर मण्डलामा विगत डेढ महिनादेखि धर्नामा रहेका छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: