कलंकीमा मोटरसाइकलले ठक्कर दिएर लडेको स्कुटरलाई बसले किच्दा चालकको मृत्यु

दर्पण दैनिक १५ भाद्र २०८१,१५:२२
post

काठमाडौं । काठमाडौंको कलंकीमा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा चालकको ज्यान गएको छ । आज (शनिबार) बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णुबहादुर मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि कलंकीकै नेशनल अस्पताल लगिएकोमा बिहान साढे १० बजे उनको मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको जस्तो देखिने एसपी अधिकारीले जानकारी दिए । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए पनि त्यसका चालक भने फरार भएका छन् । प्रमाणित भइनसकेका कारण प्रहरीले ठक्कर दिएको भनिएको मोटरसाइकल र बसको नम्बर सार्वजनिक गरेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: