काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरक्षिक (एसएसपी) को सरुवा गरिएको छ । गृह मन्त्रालयले भारतको दिल्लीस्थित दूतावासमा कार्यरत प्रहरी कन्सुलर सञ्जिव शर्मालाई सरुवा गरेको छ ।
शर्मालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । दिल्ली दूतावासमा सञ्जिव शर्मा दासलाई जिम्मेवारी दिइएको छ ।
शर्मा नेपालगन्ज प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । शर्माको स्थानमा प्रहरी प्रधान कार्यालयबाट एसएसपी दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google