काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

दर्पण दैनिक २० असार २०८०,१४:३०
post

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा जितेन्द्र बस्नेतले जिम्मेवारी पाएको छ । यसअघि गृहमन्त्रालय सहसचिव (सुरक्षा तथा समन्वय महाशाखा) एवम् प्रवक्ताको जिम्मेवारीमा रहेका उनलाई काठमाडौंको सीडीयोको जिम्मेवारी दिइएको हो । 

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाएको हो । बस्नेत ८ वर्ष सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् । उनले राष्ट्रिय पन्जिकरण विभागको महानिर्देशकका रूपमा पनि काम गरेका थिए । 

प्रधानमन्त्रीको कार्यालयका सहसचिव तथा भूकम्प प्राधिकरण कार्यालयका सहसचिवका रूपमा पनि काम गरेका थिए । 
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post