डिआईजी केसीद्वारा  बागमती प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

दर्पण दैनिक २ माघ २०८०,१७:३५
post

काठमाडाैं । गृह-मन्त्रालय तथा मन्त्रीस्तरको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयबाट सरूवा भएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) विष्णु कुमार केसीले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण पश्चात बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक रविकुमार पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

डिआईजी केसीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी गण हेटौडा, नेपाल प्रहरी सुरक्षा प्रहरी गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौडाका कार्यालय प्रमुख सहित उपस्थित सिनियर प्रहरी अधिकृत, जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: