राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे मनोनयन दर्ता

दर्पण दैनिक २८ फाल्गुन २०८०,१२:३१
post

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र काँग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार हुन् । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।


त्यस्तै कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको हो। काँग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि काँग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: