३ जिल्लाका सीडीओ फेरिए

दर्पण दैनिक ११ आश्विन २०८१,०७:५३
post

काठमाडौं ।  सरकारले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए ।

यस्तै रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइएको छ । कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् । यस्तै मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । 


हेर्नुस् सूची https://www.moha.gov.np/post/saruwa-padasthapana-2

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: