रोमानिया पठाइदिन्छु भनेर १८ लाख ठग्ने पक्राउ

दर्पण दैनिक २ जेष्ठ २०८०,०६:२९
post

काठमाडाैं । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए ।

विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए। उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: